
काठमाडौं : बजेट सार्वजनिक भएपछि त्यसले पार्ने प्रभाव, सम्भावना र चुनौतीका विषयलाई लिएर नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले पाँच दिने छलफल आजबाट सुरु गर्दैछ।
विभिन्न विषयका विज्ञहरु छलफलमा सहभागी हुने संघका महासचिव तेज सुवेदीले जानकारी दिए। दिउँसो ३ बजेदेखि ५ बजेसम्म वेबिनारबाट चार्टर एकाउन्टेन्टहरु जोडिनेछन्। करका दरमा भएका परिवर्तन र त्यसले आगामी दिनमा पार्ने असर छलफलको विषय हुने उनले बताए।
आजबाट सुरु गरिने छलफल ५ दिनसम्म जारी रहने सुवेदीले जानकारी दिए। डा विश्वास गौचनले बजेटको समग्र प्रभावबारे व्याख्या गर्नेछन्। उनीसहित १५ जना सीएहरुले आफ्नो क्षेत्रगत हिसाबमा बजेटमाथि प्रस्तुती दिनेछन्। छलफलमा नेपालका सबै ठाउँमा रहेका सीए सहभागी हुनेछन्। साथै छलफलमा उद्योगी व्यवसायी तथा लेखा व्यवसायीहरुसमेत जोडिनेछन्।