PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

मेरियट होटलमा गाडी दुर्घटना, पल्टियो जीप, कार र गेटमा क्षति



पहिलोपोस्ट

मेरियट होटलमा गाडी दुर्घटना, पल्टियो जीप, कार र गेटमा क्षति

काठमाडौं : शुक्रवार राति नक्सालको होटेल मेरियट होटलमा जीप दुर्घटना भएको छ।

दुर्घटनाको कारण होटेलको गेट र दुईवटै सवारी साधनमा क्षति पुगेको छ। राति ९ बजेर ५ मिनेटमा होटेलको पार्किङबाट निस्किँदै गरेको बा २१ च ८१०८ नम्बरको जीप अनियन्त्रित भई होटेलको गेटमा ठोक्किन पुगेको थियो। त्यस्तै जीपले पार्किङमा राखेको बा २१ च १५१० नम्बरको कारलाई पनि क्षति पुर्‍याएको छ।

जीप चालक ३९ वर्षीय आशिष श्रेष्ठ र कार चालक भने ३९ वर्षीय लक्ष्मण देवान भएको खुलेको छ। प्रहरीको अनुसन्धानमा दुर्घटना जीप चालकको लापपरबाहीको कारण भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell