PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु



पहिलोपोस्ट

कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

काठमाडौं : दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ। आज बिहान चियाखाजा खाइसेकेपछि बान्ता गरेका पुरुषको अचानक मृत्यु भएको हो।

'चिया खाएपछि अचानक बान्ता भएको थियो। त्यसपछि चिकित्सकले चेक गर्दासम्म मृत्यु भइसकेको थियो,' दुल्लु नगरपालिकाका मेयर धनश्याम भण्डारीले भने।

उनी दश दिनअघि भारतबाट गाउँ फर्किएका थिए। उनलाई दुल्लु नगरपालिका वडा नम्बर ७ स्थित नेपाल विद्युत प्राधिकरणको वितरण शाखाको भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो।

'८ बजेतिर अचानक ढल्नु भयो। नजिकै अस्पतालबाट चिकित्सक आएर हेर्दा मृत्यु भइसकेको रहेछ,' मेयर भण्डारीले भने। उनीसँगे भारतबाट आएका ७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीसँगै अन्यै तीन जनालाई भने एउटै कोठामा दुरी कायम गरेर राखिएको मेयर भण्डारीले बताए।

तीन दिनअघि उनको स्वाब परीक्षणका लागि पठाइएको थियो। तर, अहिलेसम्म कोरोना परीक्षणको रिपोर्ट नआएको मेयर भण्डारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell