PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

घर फर्किँदै गर्दा ८० जना मजदूरको रेलमै मृत्यु



पहिलोपोस्ट

घर फर्किँदै गर्दा ८० जना मजदूरको रेलमै मृत्यु

नयाँ दिल्ली : आप्रवासी मजदूरलाई उनीहरुको घर फर्काउन संचालनमा ल्याइएको श्रमिक स्पेससल रेलमा यात्रा गरेकामध्ये ८० जनाको मृत्यु भएको छ। मे ९ देखि २७ सम्म यात्रा गर्नेमध्ये ८० जनाको रेलमै मृत्यु भएको रेलवे प्रोटेक्सन फोर्सले जनाएको छ।

आप्रवासी मजदूरलाई उनीहरुको स्थायी ठेगानामा पुर्‍याउनका लागि मे १ देखि विशेष रेलको व्यवस्था गरिएको थियो। अहिलेसम्म २७ लाख ३ हजार ८ सय ४० जनाले यही रेलको सेवा लिएका छन्। गएको बुधवार नौ जनाको मृत्युको खबर बाहिरियो। रेल मन्त्रीले मृत्युको कारण कोरोना नभइ अन्य रोग रहेको दावी गरिसकेका छन्। कतिपयको रोगका कारण मृत्यु भएको हो भने कतिपय गर्मी र भोकका कारण पनि ज्यान गुमाउनेम रहेका छन्।

रेलवे प्रोटेक्सन फोर्सले अझै पूरा विवरण सार्वजनिक गरिसकेको छैन। अझै तथ्याङ्क खोजी भइरहेको उनीहरुले जनाएका छन्। नर्थ इस्टर्न रेलवे क्षेत्रमा १८ जनाको मृत्यु भएको छ भने नर्थ सेन्ट्रल जोनमा १९ जनाको मृत्यु भएको छ। त्यसैगरी इस्ट कोस्ट रेलवे जोनमा १३ जनाको मृत्यु भएको छ।

संचालनमा ल्याइएका ८० प्रतिशत रेल भारतका उत्तर प्रदेश र बिहारका लागि छुटेका थिए। तिनै रेलमा नेपालीहरु चढेर सीमासम्म आइपुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell