PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

'डब्लूएचओ'सँग सम्बन्ध खारेज गर्ने ट्रम्पको निर्णयमाथि जर्मनीको आलोचना



पहिलोपोस्ट

'डब्लूएचओ'सँग सम्बन्ध खारेज गर्ने ट्रम्पको निर्णयमाथि जर्मनीको आलोचना

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग सम्बन्ध खारेज गर्ने घोषणा गरे। उक्त निर्णयको जर्मनीले आलोचना गरेको छ।

जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पाह्नले ट्रम्पको निर्णयलाई 'निराशाजनक' भएको बताएका हुन्। उनले ट्वीटमार्फत् ट्रम्पको निर्णयले विश्वकै स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पार्ने जनाएका छन्।

विश्व स्वास्थ्य संगठनले आवश्यक सुधारसहित काम गर्नु पर्ने र त्यसका लागि युरोपियन युनियनले आर्थिक सहयोग पुर्‍याउन सक्ने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell