
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग सम्बन्ध खारेज गर्ने घोषणा गरे। उक्त निर्णयको जर्मनीले आलोचना गरेको छ।
जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पाह्नले ट्रम्पको निर्णयलाई 'निराशाजनक' भएको बताएका हुन्। उनले ट्वीटमार्फत् ट्रम्पको निर्णयले विश्वकै स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पार्ने जनाएका छन्।
विश्व स्वास्थ्य संगठनले आवश्यक सुधारसहित काम गर्नु पर्ने र त्यसका लागि युरोपियन युनियनले आर्थिक सहयोग पुर्याउन सक्ने जनाएका छन्।
That's a disappointing backlash for International Health. If @WHO shall make any difference for the future it needs reform. And the EU must take a leading role and engage more financially. That's one of our @BMG priorities for our EU presidency. #EU2020BMG
— Jens Spahn (@jensspahn) May 30, 2020