PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

भारतमा कोरोना : एकैदिन करिव ८ हजार नयाँ संक्रमित



पहिलोपोस्ट

भारतमा कोरोना : एकैदिन करिव ८ हजार नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा करिव ८ हजार मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भयो। शुक्रबार मात्रै ७ हजार ९ सय ६४ जनामा संक्रमण देखिएको हो। उक्त संख्या हालसम्मकै उच्च दैनिक संक्रमित दर हो।

त्यस्तै शुक्रबार २ सय ६५ जना संक्रमितले ज्यान गुमाए।

संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका हुन्। भारतकै सर्वाधिक जनसंख्या भएको मुम्बईका अस्पतालहरुमा अहिले चाप छ। संक्रमित संख्यासँगै संक्रमणका कारण मर्नेहरु पनि बढ्दो छन्। हालसम्म ४ हजार ९ सय ८० मानिसले ज्यान गुमाइसकेका छन्।

यस बीच भारत सरकार भने लकडाउन खुकुलो बनाउने तयारीमा छ। दुई महिना लामो लकडाउनका कारण देशको अर्थतन्त्रमा परेको असरका कारण जनजीवन सामान्य बन्दै गएको हो।

भारतमा हालसम्म १ लाख ७३ हजार ७ सय ६३ मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell