PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोनाका कारण रोकियो छायाँकन, भत्काइँदै २ महिना लगाएर बनाएको सेट



पहिलोपोस्ट

कोरोनाका कारण रोकियो छायाँकन, भत्काइँदै २ महिना लगाएर बनाएको सेट

अजय देवगण केन्द्रिय पात्र रहने फिल्म 'मैदान' छायाँकनको बीचबाट नै रोकियो। कारण – कोरोना भाइरस महामारी। सन् २०२० को सुरुवातसँगै फिल्म युनिट छायाँकनका लागि फ्लोरमा उत्रिएको थियो। तर, महामारीको जोखिम कम गर्न छायाँकन रोकियो।

फिल्मका लागि मुम्बईमा बनाएको सेटको चर्चा थियो। किनकि १६ एकर जमिनमा फैलिएको थियो उक्त सेट। कोरोना नियन्त्रणमा आउँछ, लकडाउन खुल्छ र पुन: सेटमा फर्कने अनुमान गरेका थिए निर्माण युनिटले। तर, भारतमा संक्रमण फैलँदो छ। लकडाउन केही खुकुलो हुँदै गए पनि छायाँकन लगायत कामका लागि तत्काल अनुमति मिल्ने अवस्था छैन।

यस्तोमा उक्त सेट भत्काउने निर्णय भएको छ। नजिकिँदो मनसुन र वर्षाले सेटमा पार्ने असरलाई ध्यानमा राख्दै सेट भत्काइने भएको हो।

निर्माता बोनी कपुरले खबरको पुष्टि गरेका हुन्। उनका अनुसार उक्त सेट तयार पार्न दुई महिना लागेको थियो। अवस्था सामान्य बने आउँदो सेप्टेम्बरदेखि पुन: सेट तयार पारिनेछ। र, नोभेम्बरबाट छायाँकन सुरु हुनेछ।

मैदानको लखनउ र कोलकताका केही इन्डोर र आउडोर छायाँकन सम्पन्न भइसकेको छ। फिल्मलाई अमित शर्माले निर्देशन गर्दैछन्। भारतका चर्चित फुटबल कोच रहेका अब्दुल सायदको जीवनीमाथि बन्न लागेको फिल्ममा अब्दुलको रुपमा देखिँदै छन् अजय देवगण।

अब्दुल सायदले सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टोलीलाई कोच गरेका थिए। उनको १९६३ मै निधन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell