PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

जब मस्कोका लागि उडिसकेको प्लेनका पाइलटमा कोरोना पोजेटिभ देखियो...



पहिलोपोस्ट

जब मस्कोका लागि उडिसकेको प्लेनका पाइलटमा कोरोना पोजेटिभ देखियो...

नयाँ दिल्ली : शनिवार बिहानै मस्कोका लागि एयर इन्डियाको विमान दिल्लीबाट उड्यो। विमान उज्वेकिस्तानको आकाशमाथि पुगेपछिमात्र थाहा भयो - पाइलटलाई त कोरोना भाइरस पोजेटिभ पो देखिएको रहेछ त।

विमानलाई हत्तपत्त फिर्ता बोलाइयो। पाइलटको कोरोना भाइरस परीक्षणमा रिजल्ट पोजेटिभलाई भूलबस नेगेटिभ पढ्दै उडान अनुमति दिएको पछिमात्रै खुल्यो। र, उडिसकेको विमानलाई फिर्ता बोलाइयो। राम्रो त के रह्यो भने विमान रित्तै रसियाका लागि उडेको थियो, त्यहाँ रहेका भारतीयलाई लिनका लागि। उनीहरु उतै अड्किए।

ए ३० नियो एयरबस दिल्ली फर्कियो १२:३० बजे। त्यसपछि सबै क्रुलाई क्वरेन्टाइनमा पठाइएको छ। विमानलाई नै अब कोरोना भाइरस मुक्त नबनाइ चलाउन रोक लगाइएको छ। अर्को ए ३२० नै अब मस्कोका लागि उड्दैछ।

विमान दुई घन्टा उडिसकेपछि फिर्ता बोलाइएको हो। उडिसकेको विमानका क्रुको कोरोना भाइरस परीक्षण रिपोर्ट हेर्दा उनीहरु उडिसकेको भेटिएपछि असहज अवस्था बन्न पुग्यो। घटनालाई ढाकछोप गरेर यात्रुलाई जोखिम मोल्नुको साटो उनीहरुले विमान फिर्ता बोलाउने निर्णय गरेका थिए।

बन्दे भारत मिसन अन्तर्गत विश्वभर रहेका भारतीयलाई ओसार्ने अभियान अहिले पनि जारी छ। त्यसैको हिस्सा थियो - आजको फ्लाइट।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell