PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोनालाई 'सिस्टमबाट आउट' गरेका किरण कुमार भन्छन् : डराउनु पर्दैन तर सतर्क भने रहनपर्छ



पहिलोपोस्ट

कोरोनालाई 'सिस्टमबाट आउट' गरेका किरण कुमार भन्छन् : डराउनु पर्दैन तर सतर्क भने रहनपर्छ

मे दोस्रो साता बलिउड कलाकार किरण कुमारलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। लगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसे। संक्रमण पुष्टि भए यता उनको दुई पटक परीक्षण भयो। दोस्रो पटकमै उनको शरीरमा कोरोना भाइरसको संक्रमण देखिएन।

७४ वर्षीय बलिउड कलाकारमा संक्रमण कुनै लक्षण समेत देखिएको थिएन। हाल उनी सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत् कोरोना भाइरसविरुद्ध सावधानी संदेशहरु प्रवाह गरिरहेका छन्। बम्बई टाइम्ससँगको अन्तर्वातामा उनले भनेका छन् – 'सामाजिक दूरी आवश्यक छ तर डरकै कारण कसैलाई सामाजिक वहिष्कार भने गर्नु पर्दैन।'

उनले कोरोना भाइरस आफ्नो सिस्टमबाटै बाहिरिएको समेत जनाएका छन्।

'कोरोना भाइरसबाट संक्रमित हुनु अपराध होइन। लुकाउनु चाहिं अपराध हो', उनले भनेका छन्। त्यसैले आफ्नो वरपर कसैमा भाइरस संक्रमण देखिए उबाट तर्कनुको साटो उनीहरुलाई आवश्यक सहयोग पुर्‍याउनु पर्ने उनको तर्क छ। उनले वृद्धवृद्धाहरुको उदाहरण दिँदै भने,'पाका मानिस आइसोलेसनमा बस्नु पर्‍यो भने के गर्ने? उनीहरु एक्लैले त पक्कै सक्दैनन्। साथ र सहयोग आवश्यक पर्छ।'

कोरोना भाइरस संक्रमणसँग दया र साकारात्मक भावनाले जित्न सकिने उनको अनुभव छ।

'यो भाइरस अझै लामो समय बस्ने वाला छ। उपचार पत्ता लागको छैन। त्यसैले मानिस डराएका हुन्। तर डराउन आवश्यक छैन। सतर्क भने रहनु पर्‍यो। एउटाबाट अर्कोमा सर्नु भएन', किरण कुमारले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell