PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

कोरोना संक्रमितको संख्या नेपालमा १४ सय पार, ललितपुरमा पनि एकमा संक्रमण



पहिलोपोस्ट

कोरोना संक्रमितको संख्या नेपालमा १४ सय पार, ललितपुरमा पनि एकमा संक्रमण

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या आज चौथो दिन पनि लगातार १ सयभन्दा बढीले थपिए। आज १ सय ८९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी गराएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ सय सीमा पार भएको छ। शनिवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितको सङ्ख्या थपिएको जानकारी दिए।

कपिलवस्तुमा धेरै सङख्यामा संक्रमित थपिएका छन्। एकै दिन ७७ जनाका कपिवस्तुमा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै बारा, सप्तरी,झापा, ललितपुर लगायत जिल्लामा संक्रमित थपिएका छन्। एक जना ललितपुरमा पनि संक्रमित भेटिएका छन्।

यससँगै नेपालमा संक्रमण ५३ जिल्लामा फैलिएको मन्त्रालयले जानकारी गराएको छ। हिजोसम्म नेपालमा कूल १२ सय १२ जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोनाका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ६ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell