PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

टोखा र बुढानीलकण्ठका संक्रमित पाँच दिनमै निको भएर फर्किए



पहिलोपोस्ट

टोखा र बुढानीलकण्ठका संक्रमित पाँच दिनमै निको भएर फर्किए

काठमाडौं : काठमाडौंमा कोरोना संक्रमण भएका दुई जना पाँच दिनमै अस्पतालबाट डिस्चार्ज भएका छन्। हिजोमात्रै काठमाडौंका दुई जना डिस्चार्ज भएका थिए।

आज थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये एकजना ललितपुरका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितको सङ्ख्या थपिएको जानकारी दिए। उनका अनुसार संक्रमण भएर अस्पतालमा भर्ना भएका १३ जना आजै उपचारपछि घर फर्किएको पनि उनले बताए।

टेकु अस्पतालमा रहेका टोखा र बुढानीलकण्ठ नगरपालिकाका दुई जना पाँच दिनपछि उपचारपछि घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यस्तै, सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार गराइ रहेका संक्रमित पनि कोरोनाबाट निको भएर फर्किएका छन्। अहिलेसम्म कोरोनाबाट निको भएर फर्किनेको सङ्ख्या २ सय १९ पुगेको छ।

हालसम्म देशभर १४ सय १ जनामा कोरोना संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell