PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सबैभन्दा धेरै संक्रमित भएको रौतहटमा भीटीएम अभाव, केन्द्र र प्रदेश सरकारले गरेनन् वास्ता



राधेश्याम पटेल

सबैभन्दा धेरै संक्रमित भएको रौतहटमा भीटीएम अभाव, केन्द्र र प्रदेश सरकारले गरेनन् वास्ता

वीरगंज : रौतहटमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न प्रयोग गरिने भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम)को अभाव भएको छ। केन्द्र सरकार र प्रदेश नम्बर २ सरकारले रौतहटमा भीटीएम उपलब्ध गराउन नसक्दा अभाव सिर्जना भएको हो।

रौतहट नेपालमै सबैभन्दा धेरै संक्रमित देखिएको जिल्ला हो। रौतहटका १८२ जनामा संक्रमण पुष्टि भएका छन्। तर, प्रदेश र केन्द्र सकारको स्वास्थ्य मन्त्रालयहरुले रौतहटका स्वास्थ्यकर्मीको माग र कुरालाई बेवास्ता गर्दै आएको रौतहटका स्वास्थ्यकर्मीले गुनासो गरेका छन्।

हिजो प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा फोन गरेँ, कसैले फोन उठाएन, शनिवार विहान मलाई १० हजार भीटीएम चाहियो भनी फोन गरेँ,’ स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले भने, तर, उहाँहरुसँग पनि भीटीएम नरहेकोले हाललाई उपलब्ध गराउन सकिदैन भनी जवाफ आएको छ।’

यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने विषयमा रौतहटका स्वास्थ्यकर्मीहरु चिन्तित छन्। भीटीएमकै अभावले गर्दा आइतवारदेखि स्वाब संकलनको काम पनि ठप्प हुने जनाइएको छ। जिल्लाको ८२ वटा क्वारेन्टाइनमा करिब ८ हजार जना भारतबाट आएकाहरु बसेका छन्।

दुई महिनाको अवधिमा २ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षणको लागि स्वाब लिइएको छ। जसमध्ये १८२ पोजेटिभ र शनिवार विहान सम्म १ हजार ३ सय २२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell