PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

वीरगंज भन्सार नाकामा भारत फर्कनेको लाइन यस्तो



राधेश्याम पटेल

वीरगंज भन्सार नाकामा भारत फर्कनेको लाइन यस्तो

वीरगंज–१७ अलौस्थित एकीकृत जाँच चौकी(आईसिपी) भन्सार नाकाबाट भारतीयहरु फर्किने क्रम जारी रहेको छ। करिब एक सातादेखि नेपालमा फसेका भारतीयहरुलाई भारत सरकारले उद्धार गरी स्वदेश फिर्ता गराइरहेको छ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका अनुसार नेपालमा फसेका करिब २० हजार जना भारतीय दूतावासको सम्पर्कमा आएका छन्। अहिले पनि हजारौ भारतीय सम्पर्क विहीन रहेको बताएको छ।

वाणिज्य दूतावास वीरगंजका मिडिया संयोजक एवं कन्सुलर सुरेश कुमारका अनुसार प्रदेश २ मामात्र ३ हजार भारतीय अलपत्र परेको हुँदा सबैलाई आईसिपी नाकाबाट उद्धार गरी भारत फर्काउनेक काम भइरहेको बताए। शुक्रवार राति सम्म ३ हजार भारतीयलाई भारत पठाइसकिएको छ भने आईतवार पनि विहानदेखि साँझसम्म करिब १५ सय भन्दा बढी भारतीयलाई भारत पठाइरहेको उनले बताए। नेपालको विभिन्न जिल्लाका भारतीयका लागि भारत सरकारले ६२ वटा बस भाडामा लिएर काठमाडौं, चितवन, पोखरा, प्रदेश २ को आठ जिल्लालगायत क्षेत्रबाट भारत लगिरहेको जनाइएको छ। आइतवारदेखि रक्सौलबाट विहान साढे ८ बजे दिल्लीको लागि सत्याग्राह एक्सप्रेस छुटने छ।

त्यसमा पनि पहिले टिकट बुकिङ भएको भारतीयलाई भारतको विभिन्न राज्यमा पुर्‍याइन्छ भने दिल्लीबाट पनि एउटा रेल रक्सौल आउने छ। नेपालबाट फर्किनेहरुलाई बसमै विभिन्न राज्यमा लैजाने बताइएको छ। नेपालमा मात्र करिब १ लाखभन्दा बढी भारतीयहरु अलपत्र परेको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell