PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

भरतपुरमा साइकल लेनसहितको सडक बन्ने, शनिवार मेयर रेनु दाहालले गरिन् शिलान्यास



रासस

भरतपुरमा साइकल लेनसहितको सडक बन्ने, शनिवार मेयर रेनु दाहालले गरिन् शिलान्यास
Photo: cambridgeindependent.co.uk

भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको सडक निर्माण हुने भएको छ। भरतपुर-७ को गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म सडक निर्माण गर्न लागिएको हो।

भरतपुर महानगरपालिका-७ मा निर्माण हुन लागेको सडकको शनिवार शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माण गर्न लागिएको जानकारी दिइन्। उनले भरतपुर महानगरपालिकाका अधिकांश सडक कालोपत्र भएको र बाँकी पनि छिट्टै हुने प्रतिबद्धता जनाइन्।

वडाध्यक्ष राजेन्द्रमणि काफ्लेका अनुसार एक हजार ३०० मिटर लामो सडकको नौ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। प्रारम्भिक चरणमा तीन करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। सडकमा फुटपाथ, ड्रेन, साइकल ट्र्याक हुनेछ। एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुनकोशी मंगलदीप जेभीले निर्माणको जिम्मा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell