PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउन जेठ ३२ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय



कुञ्जरमणि भट्टराई

लकडाउन जेठ ३२ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : कोरोना भाइरस रोकथामका लागि सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाउने भएको छ। शनिवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन थप्ने निर्णय गरेको हो।

यसैगरी सरकारले ३० जुन अर्थात असार १६ सम्म सीमा क्षेत्रमा आवागमनमा कडाई गर्ने निर्णय गरेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए। त्यसैगरी हवाई उडान पनि असार १६ सम्म बन्द गर्ने निर्णय गरेको छ।

लकडाउन जेठ ३२ सम्म थपियो, मोडालिटी बारेमा यस्तो छ मन्त्रिपरिषदको निर्णय

Posted by PahiloPost on Saturday, May 30, 2020

लकडाउनको मोडालिटीबारे भने कोरोना रोकथाम उच्चस्तरीय समितिको सुझाव लिएर सरकारले निर्णय लिने खतिवडाले बताए। यसबारे केही दिनमै निर्णय गर्ने उनले बताए।

खतिवडाले भने, 'जोखिम हेरेर जहाँ जोखिम बढी छ। त्यहाँ अलिक कडाइ गर्ने। जोखिम कम भएको ठाउँमा अलिक खुकुलो गर्न सकिन्छ। केही दिनमा  उच्चस्तरीय समितिले छलफल गरेर सुझाव दिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell