
जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा फ्रान्कफुर्टसँग वोल्फ्सबर्ग २-१ गोल अन्तरले पराजित भएको छ।
भोल्क्सवागेन एरेना स्टेडियममा भएको खेलमा घरेलु टोली वोल्फ्सबर्गलाई हराउन आन्द्रे सिल्भा र डाइची कामदाले १/१ गोल गरे।
खेलको २७ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सिल्भाले फ्रान्कफुर्टलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्कफुर्टलाई दोस्रो हाफमा गोल फर्काउँदै वुल्भ्सवर्गका केभिन एम्बाबुले खेल बराबरीमा ल्याए। तर ८५ औं मिनेटमा कामदाले गोल गर्दै फ्रान्कफुर्टका लागि जित सुनिश्चित गरे।
त्यस्तै आजै भएका अरु खेलहरुमा हेर्था बर्लिनले आउग्सबर्गलाई २-० ले हरायो। त्यस्तै ब्रेमेनले साल्केलाई १-० ले पराजित गर्दा होफेनहाइमले माइन्जलाई १-० ले पराजित गर्यो।