PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि



पी बी खड्का

कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको कालीकोट जिल्लामा १७ तथा बाजुरा र दैलेखमा एकएक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ५ का १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२ वर्षीय तथा वडा नम्बर ४ का २०, २२, २० वर्षीय पुरुषमा संक्रमण देखिएको हो। कालिकोट महावै-२ का २१ र ४२ वर्षका पुरुष, वडा नम्बर ७ का ३३ र ५२ वर्षका पुरुष र वडा न ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ।

यसैगरी, दैलेखको दुल्लू नगरपालिका-११ का ३५ वर्षीय पुरुष र एकजना सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुराको जगन्‍नाथ गाउँपालिका-५ का ४० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो।

पछिल्ला संक्रमित सबैको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएको हो। यस अघि ६० रहेको संक्रमितको संख्या अब ७९ पुगेको छ। प्रदेशमा कोरानाका कारण एक जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell