PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कर्णाली प्रदेशमा सय कट्यो संक्रमितको आँकडा, शनिवार ५९ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

कर्णाली प्रदेशमा सय कट्यो संक्रमितको आँकडा, शनिवार ५९ जनामा कोरोना पुष्टि

काठमाडौं : कर्णाली प्रदेशमा शनिवार कोरोना भाइरसका ५९ नयाँ संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। जसमा १७ देखि ५० वर्षका पुरुषहरु रहेका छन्।

त्यस्तै, प्रतिष्ठानमै गरिएको परीक्षणमा दैलेखको दुल्लू नगरपालिकाका ३५ वर्षीय पुरुष र एक जना सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका-५ का ४० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, कालिकोटको शुभकालिका गाउँपालिकाका १९ देखि ५० वर्षका १२ पुरुष र महावै गाउँपालिकाका २० देखि ५२ वर्षका पाँच जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ।

त्यस्तै, सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २५ जना पुरुष र चार वर्षीया बालिकामा कोरोना देखिएको छ। जसमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका ११ देखि ६० वर्षका २५ जना पुरुषमा र सुर्खेतको बराहताल गाउँपालिकाकी ४ वर्षीया बालिकामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell