PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लकडाउन उल्लङ्घन गर्ने सवारी साधन बढे, निगरानी बढाउँदै प्रहरी



पहिलोपोस्ट

लकडाउन उल्लङ्घन गर्ने सवारी साधन बढे, निगरानी बढाउँदै प्रहरी

काठमाडौं : शनिवार काठमाडौँ उपत्यकामा लकडाउनको उल्लङ्घन गर्दै कुदाएका ७ सय ३७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विभिन्न निकायबाट लकडाउनको समयमा जारी भएका पास नलिइ कुदाइएका तथा अनावश्यकरुपमा निस्किएका सवारी साधनलाई नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ।

केही समय प्रहरीको अनुगमन खुकुलो जस्तो अनुभव गरेका मानिसले अब भने त्यस्तो अनुभूति गर्न पाउने छैनन्। किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले सडकमा गुड्ने सवारी साधनको कडाइका साथ चेक गर्न निर्देशन दिइसकेको छ।

काठमाडौँको कालीमाटीमा दुई जना प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि प्रहरी केही सचेत भएर चेक गर्ने गरेका थिए।

'सवारी चेक गर्न कडाइ गरेका छौँ। पास नभएका र अनावश्यक हिँडेका सवारीलाई नियन्त्रणमा लिन्छौँ,' महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

पछिल्लो समय उपत्यका भित्र लकडाउन उल्लङ्घन गरेर कुदाइने सवारी साधनको सङ्ख्या बढ्दै गएको छ। बिहीवार, शुक्रवारमात्र ट्राफिक प्रहरीले १ हजार वटा सवारी साधनलाई कारबाही गरेको थियो। लकडाउन सुरु भएको ४० दिनको अवधिसम्म दैनिक २/३ सय सवारी मात्र कारबाहीमा पर्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell