PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एकै दिन ८ हजार नयाँ केस थपिएपछि भारतमा संक्रमितको संख्या १ लाख ७५ हजार पार



पहिलोपोस्ट

एकै दिन ८ हजार नयाँ केस थपिएपछि भारतमा संक्रमितको संख्या १ लाख ७५ हजार पार

नयाँ दिल्ली : चार दिनमा २५ हजार नयाँ केस थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७५ हजार पार भएको छ। भारतमा शनिवारमात्रै ८ हजार थप संक्रमित पहिचान भएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

संक्रमितसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार पार भएको छ। शनिवारमात्रै २ सय जना मानिसले ज्यान गुमाएका छन्। शुक्रवार २ सय ७० जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए।

भारतमा अहिलेसम्म संक्रमितको संख्या १ लाख ७६ हजार ८ सय २३ पुगेको छ। हिजो ८ हजार २६ नयाँ केस थपिएसँगै संक्रमितको ग्राफ माथितिर लागेको हो।

महाराष्ट्रमा हिजो २ हजार ९ सय नयाँ केस थपिए। दिल्लीमा ११ सय ६३, तामिल नाडूमा ९ सय ३८ संक्रमित थपिए।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा २ सय ६२ नयाँ केस फेला परेको छ। त्यसैगरी बिहारमा २ सय ८ नयाँ संक्रमित भेटिएका छन्।

शनिवार मुम्बईमा मात्र ५४ जनाको मृत्यु भयो। मुम्बईमा हिजो १२ सय २७ नयाँ संक्रमित थपिएका छन्। यससँगै महाराष्ट्रमा संक्रमितको संख्या ६५ हजार १ सय ६८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell