PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

लिग लिडर बायर्नको डुसलडोर्फमाथि फराकिलो जित



पहिलोपोस्ट

लिग लिडर बायर्नको डुसलडोर्फमाथि फराकिलो जित

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बायर्न म्युनिखले फोर्टुना डुसलडोर्फमाथि ५-० को फराकिलो जित निकालेको छ।

घरेलु टोली बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा बेन्जामिन पावार्ड र अल्फोन्सो डाभिसले समान १/१ गोल गरे। त्यस्तै १ गोल आत्मघाती गोल उपहारमा पाएको थियो।

खेलमा बायर्नले पहिलो गोल नै खेलको १५ औं मिनेटमा म्याथियस जोर्गेन्सनले आत्मघाती गोल गरेसँगै पाएको थियो। त्यस्तै खेलको २९ मिनेटमा पावार्ड र ४३ औं मिनेटमा लेवानडोस्कीले गोल गरेपछि पहिलो हाफमै ३-० को अग्रता बनायो। दोस्रो हाफको सुरुमै लेवानडोस्कीले फेरि अर्को गोल थपे। उनले खेलको ५० औं मिनेटमा गोल गर्दा ड्याभिसले त्यसको दुई मिनेट भित्रै अर्को गोल थपे।

जितसँगै वायर्नले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ। अंकतालिकामा बायर्नको ६७ अंक छ। दोस्रो स्थानमा ५७ अंकसहित डर्टमन्ड रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell