PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

क्वारेन्टाइनमै सात वर्षीय बालकको मृत्यु !



एम बम

क्वारेन्टाइनमै सात वर्षीय बालकको मृत्यु !

कैलाली : डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनी आमा बुबासँगै भारतको मुम्बईबाट शनिवारमात्र फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।

बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बित्तिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिए पनि बाटोमै उनको मृत्यु भएको न्यौपानेले बताए।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बालकलाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको जानकारी दिए। परिवारका अनुसार बालकलाई मलेरियाबाट संक्रमित थिए।

नव दुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बहादुर बिष्टले बालक विगत २ वर्षदेखि विरामी रहेको बताए। उनले आइतवार बिहान तीन बजेतिर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए। उनले शनिवारमात्रै धनगढीबाट फर्किएका उनीहरुलाई एक दिनका लागि त्यहाँ राखेर आज अन्यत्रकै क्वारेन्टाइनमा राख्ने तयारी गरिएको समेत जानकारी दिए।

अहिले बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ भने उनको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell