PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

भारतीय क्रिकेटर रोहित शर्मा 'राजीव गान्धी खेल रत्न' का लागि मनोनित



पहिलोपोस्ट

भारतीय क्रिकेटर रोहित शर्मा 'राजीव गान्धी खेल रत्न' का लागि मनोनित

भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्मा राजीव गान्धी खेल रत्न अवार्डका लागि मनोनित भएका छन्। पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका शर्मालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले पुरस्कारका लागि नोमिनेट गरेको हो।

 

शर्मा भन्दा अघि तीन क्रिकेटरले यो पुरस्कार पाएका थिए। यसअघि सन् १९९८ मा मास्टर ब्लास्टर सचिन तेन्दुल्करले यो पुरस्कार पाएका थिए। त्यस्तै भारतलाई दुई पटक विश्वकप जिताउने कप्तान महेन्द्र सिंह धोनीले सन् २००८ मा यो पुरस्कार पाएका थिए। त्यस्तै सन् २०१८ मा भारतीय टिमका कप्तान विराट कोहलीलाई यो पुरस्कार मिलेको थियो।

त्यस्तै बिसिसिआईले इशान्त शर्मा, शिखर धवन र दीप्ती शर्मालाई अर्जुन अवार्डका लागि मनोनयन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell