PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कर्णालीतिर उकालिँदै कोरोनाको कहर : बिहानै थपिए १८, पुग्यो १२३



पहिलोपोस्ट

कर्णालीतिर उकालिँदै कोरोनाको कहर : बिहानै थपिए १८, पुग्यो १२३

काठमाडौं : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका एक जना र दैलेखकामा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

आइतवार बिहान ८ बजे सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका ५ का १९ वर्षका किशोरमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, दैलेख नारायण नगरपालिका ३ का १६, १९, २९ र ४८ वर्षका चार जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। नारायण नगरपालिका ५ कै १८,२४, २५, २८ र ३५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ। दैलेखकै देबलकाँड ४ का १८, २०, २०,२२ र २२ वर्षका पाँ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सिमडा ८ का १६ वर्षका पुरुष, रातापानी ४ का ३८ वर्षका पुरुष र साडु ९ का २२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell