PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

संविधान संशोधन विधेयक संसदमा पेश



पहिलोपोस्ट

संविधान संशोधन विधेयक संसदमा पेश

काठमाडौं : संविधान संशोधन विधेयक संसदमा पेश भएको छ। आइतवारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गरेकी हुन्।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। अध्यावधिक नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्र अंकित नक्सा मिलाउन विधेयक तयार पारिएको हो। जसलाई संसदले पारित गर्नुपर्छ।

मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ९ गते उक्त विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन्। विधेयक गत जेठ १४ गते नै संसदमा पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार गरेको थियो।

तर, सरकारले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखसँगको सर्वदलीय बैठकपछि कार्यसूचीबाट हटाउन सभामुखलाई आग्रह गरेपछि १४ गते कार्यसूचीबाट हटाइएको थियो।

बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिबाट औपचारिक निर्णय गर्ने भन्दै केही समय माग गरेको थियो। शनिवार बसेको कांग्रेसको बैठकले विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell