PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

सत्तारुढ दलकै पूर्व अर्थ मन्त्री पाण्डे भन्छन् : बजेट कार्यान्वयन चुनौतीपूर्ण



पहिलोपोस्ट

सत्तारुढ दलकै पूर्व अर्थ मन्त्री पाण्डे भन्छन् : बजेट कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौं : नेकपा सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०७७\७८ को बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। आइतवार संसदमा बोल्दै पाण्डेले बजेट महत्वाकांक्षी नभए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताए। आर्थिक वर्षको सुरुवातदेखि नै सरकार कार्यान्वयनमा सजग हुनुपर्ने उनको सुझाव छ।

उनले पुँजीगत खर्च ओरालो लाग्ने ट्रेन्ड जारी रहेको बताउँदै गत वर्षमा पनि २८ प्रतिशतमात्र खर्च हुनुले कमजोर कार्यान्वयन क्षमता देखाएको बताए। बजेटको राजश्व र व्ययको अनुमान छलफलमा उनले भने, 'राजश्व ८ खर्ब ९० अर्ब राजश्व उठाउँछु भनेको छ। चालू खर्च ९ खर्ब ४९ करोड भनेको छ। यस हिसाबले हाम्रो राजश्वले करिब ६० अर्ब चालू खर्चलाई नै नधान्ने देखिन्छ। राजश्व जम्मै चालू खर्चमा हाल्नु परेपछि त्यसबाट विकास तर्फ लानुपर्ने र पुँजिगत खर्चतर्फ लानुपर्ने पैसा अभाव हुने देखिन्छ।'

उनले आन्तरिक ऋण उठाएर चालू खर्चतर्फ नलाने अर्थमन्त्रीको भनाइ सकारात्मक भएको बताउँदै बर्षको अन्त्यमा राजश्व उठेन र चालू खर्च घटेन भने ऋण उठाएर चालू खर्चमा हाल्नुपर्दा प्रतिकूल असर पार्न सक्ने बताए।

उनले विदेशी सहायतालाई पनि चुस्त व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताए। पाण्डेले प्रदेश र स्थानीय तहमा जाने रकम कटौती नगरेको राम्रो काम भएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell