PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आफ्नै पार्टीका अर्थमन्त्रीलाई नारायणकाजीको प्रश्न : सांसद विकास कोष खारेज गर्ने साहस पुगेन?



पहिलोपोस्ट

आफ्नै पार्टीका अर्थमन्त्रीलाई नारायणकाजीको प्रश्न : सांसद विकास कोष खारेज गर्ने साहस पुगेन?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको बजेटमा जनस्वास्थ्यको विषय उल्लेख नगरिएको भन्दै विरोध गरेका छन्।

सरकारले संसदमा प्रस्तुत गरेको २०७७/८८ को बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै राष्ट्रियसभाका सांसद श्रेष्ठले बजेटको आलोचना गरेका हुन्।

'स्वास्थ्य क्षेत्रको कुरागर्दा एक शब्द पनि जनस्वास्थ्यको विषय उल्लेख छैन। पब्लिक हेल्थको नीतिबारे केही छैन्,' उनले भने।

उनले कोरोना महामारीका बेला संसारभर विकासमा पुन: विचार गर्ने बहस भइरहेका बेला बजेटमा त्यसको संकेत समेत नभएको आरोप लगाए।

नेपालमा गेम चेन्जिङ बजेट चाहिने भए पनि अर्थमन्त्री युवराज खतिवडा त्यसमा चुकेको उनको आरोप छ।

'बजेट त आएको छ। तर, हरेक संकट अवसर बन्छ भनिन्छ। त्यसमा ध्यान दिइएको छैन। गेम चेन्जिङ भिजन चाहिन्थ्यो। त्यसमा अलि कमी भयो,' उनले भने।

श्रेष्ठले सरकारी विद्यालयको शैक्षिक गुणस्तरको जिम्मा निजी विद्यालयलाई दिने विषय बजेटमा उल्लेख भएको भन्दै विरोध गरे।

'शिक्षा मन्त्रीलाई पनि सोधेँ, उहाँलाई पनि थाहा छैन। कसैलाई पनि थाहा छैन। तर, यो किन आयो?,' उनको प्रश्न थियो।

सांसद विकास कोष खारेज नगरेको भन्दै श्रेष्ठले सरकारको साहस नपुगेको टिप्पणी गरे।

'सांसद विकास खारेज गर्नुपर्थ्यो यसपटक। अर्थमन्त्री र प्रधानमन्त्री पनि यसको विपक्षमा हुनुहुन्थ्यो। तर खारेज गर्ने साहस पुगेन?,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell