PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

५४ जिल्लामा कोरोना भाइरसको संक्रमण: यी हुन १०० भन्दा बढी संक्रमण पुष्टि भएका जिल्ला



विधुर ढकाल

५४ जिल्लामा कोरोना भाइरसको संक्रमण: यी हुन १०० भन्दा बढी संक्रमण पुष्टि भएका जिल्ला

काठमाडौं : कोरोना भाइरस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार एक हजार चार सय एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिवार अपराहन्न ४ बजे सम्मको मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार २१९ जना संक्रमण मुक्त भइसकेका छन्।

आज विहान सम्म विभिन्न जिल्ला र प्रदेशमा संक्रमितको संख्या बढेको छ। विभिन्न प्रदेशले गरेको संक्रमितको अध्यावधिक संख्या अनुसार बिहान ११ बजेसम्म एक हजार चार सय ६७ जना संक्रमित पुगिसकेका छन्। सात जनाको मृत्यु भएको छ।

प्रदेशका स्वास्थ्य निर्देशनालयहरुको पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४९, बागमती प्रदेशमा ४३, गण्डकी प्रदेशमा २४, प्रदेश ५ मा ५४६, कर्णाली प्रदेशमा १२३ र सुदुरपश्चिम प्रदेशमा २२ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका जिल्लाहरुको संख्या ५४ पुगेको छ। पछिल्लो पटक तनहुँमा पनि एक जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमित मध्ये सबैभन्दा बढी कपिलवस्तु जिल्लामा संक्रमित छन्। यहाँ २६५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाँके जिल्लामा १८१ जनामा संक्रमण पुष्टि भएको छ।

रौतहट र झापामा पनि संक्रमितको संख्याले एक सयको आँकडा कटेको छ। रौतहटमा १८८ र झापामा १०७ जनामा संक्रमण पुष्टि भएको छ।

मृत्यु हुनेको संख्या पनि सात पुगेको छ। दैलेखको दुल्लीमा क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यद्यपी यो मृत्युलाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छैन्।

 

 

Made with Visme Infographic Maker



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell