PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

जिल्ला अस्पताल बाजुराको क्वारेन्टाइनमा दुई वर्षीया बालिकाको मृत्यु



एम बम

जिल्ला अस्पताल बाजुराको क्वारेन्टाइनमा दुई वर्षीया बालिकाको मृत्यु

कैलाली : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। बुढीगंगा नगरपालिका १ घर भएकी २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए।

८ दिनअघि उनको परिवार भारतबाट आएको थियो। भारतबाट आएर बुढीगंगा नगरपालिका १ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो। त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको र आइतबार उनको मृत्यु भएको हो।

बालिकासँगै उनका बुवा र र आमालाई पनि आइसोलेसनमा राखिएको थियो। उनी भारतबाट आउँदै गरेको अवस्थामा बाटोबाटै बिरामी थिइन्।

मृतक बालिकासहित उनका आमाबुबाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ। पीसीआर रिपोर्ट आउन भने बाँकी रहेको जिल्ला अस्पतालले जनाएको छ। बालिकाको शव व्यवस्थापन परीक्षण रिपोर्ट आएपछि मात्र गरिने अस्पतालले जनाएको छ।

बालिकामा श्वासप्रवास सम्बन्धी समस्या रहेको चिकित्सकको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell