PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सांसद देवको टिप्पणी, ‘बजेट गरिबमारा, ७ प्रतिशतको आर्थिक वृद्धिदर भयो भने म राजनीति छोडिदिन्छु'



पहिलोपोस्ट

सांसद देवको टिप्पणी, ‘बजेट गरिबमारा, ७ प्रतिशतको आर्थिक वृद्धिदर भयो भने म राजनीति छोडिदिन्छु'

काठमाडौं: राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले सरकारले गरिबमारा बजेट ल्याएको आरोप लगाएका छन्।

अति विपन्न र सीमान्तकृत समुदायलाई बजेटले बेवास्ता गरेको उनको टिप्पणी छ।

'यो गरिबमारा बजेट रहेछ,' उनले भने, 'कर्मकाण्डी ढंगले यसरी प्रस्तुत गरिएको छ कि श्रावण १ गतेदेखि यो मुलुकमा कोरोना भाइरस रहँदैन। धमाधम मान्छे मरिरहेको छ। क्वारेन्टाइन मान्छे मर्ने ठाउँ बनिरहेको छ।'

राष्ट्रिय सभामा भइरहेको बजेटमाथिको छलफलमा भाग लिँदै उनले विपन्न वर्गका लागि राहतको प्याकेज नल्याएको बताए। सरकारले संसदको अर्थ समितिले राहत प्याकेज ल्याउन सल्लाह दिए पनि त्यसको बेवास्ता गरेको आरोप लगाए।

एक अरब बढीको राहत प्याकेज ल्याउन अर्थ समिति र देशभरका अर्थशास्त्रीले सरकारलाई सल्लाह दिएको देवले जानकारी दिए।

उनले अर्थमन्त्री युवराज खतिवडालाई बजेट कसका लागि ल्याएको भन्दै प्रश्न गरे। 'अर्थमन्त्रीलाई प्रश्न गर्न चाहन्छु यो बजेट समाजको कुन वर्गका लागि हो? यो समाजको सुकिला मुकिला वर्गका लागि मात्रै हो कि? यो समाजमा मुस्ताङी स्याउ जस्ता राताराता गाला भएकाहरुका लागि मात्रै हो कि? कसका लागि हो?’ उनले प्रश्न गरे।

८३ पेजका aजेटमा सीमान्तकृत तथा अति विपन्न परिवारका लागि केही नभएको देबको टिप्णी छ।

लकडाउनले खान नपाएर मानिस मरिरहेको भन्दै उनले त्यस्ता वर्गका लागि बजेट नभएको उल्लेख गरे। 'यो मुलकमा लकडाउनका कारण अझ राजनीतिक लकडाउनका कारण सप्तरी जिल्लामा खाना नपाएर एक जना मरे। कीर्तिपुरमा सूर्यबहादुर तामाङ मरे। त्यस्ताका लागि राहत सहयोगमा बजेट छैन,' उनले भने, 'दिनभर काम गर्दा मुखमा माड नलाग्ने। खाली खुट्टा हिड्नेका लागि केही छैन।'

सांसद देवले स्वास्थ्य क्षेत्रमा बजेट कम भएको तर्क गरेका छन्। ६ प्रतिशत बजेटले कोरोना महामारी रोक्न नसक्ने देबको दाबी छ।

'स्वास्थ्यमा कति बजेट राखियो। स्वास्थ्यमा धेरै बजेट राखियो भनेर वाहीवाही भइरहेको छ। कति छ? ६ प्रतिशत मात्र। डब्लुएचओले कम्तीमा १० प्रतिशत चाहिन्छ भनेको छ। ६ अरबले कोभिडको चुनौती सामना गर्न सकिन्छ? यो बजेटमा जति जुध्नका लागि छुट्याएको छ त्यो पुग्दैन,' उनले भने।

सांसद देवले आर्थिक वर्ष २०७७/७८ मा सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर नहुने दाबी गरे।

'मेरो चुनौती छ अर्थमन्त्री र नेपाल सरकारलाई, देशमा २०७७/७८ मा सात प्रतिशतको अर्थिक वृद्धिदर भयो भने म राजनीति छोडिदिन्छु। म पनि अर्थशास्त्रको विद्यार्थी हुँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell