PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउनमा शहर सफा गर्न निस्किएका कर्मचारीलाई प्रहरीले कुटेपछि दुई दिन देखि उठेन वीरगंजको फोहोर



राधेश्याम पटेल

लकडाउनमा शहर सफा गर्न निस्किएका कर्मचारीलाई प्रहरीले कुटेपछि दुई दिन देखि उठेन वीरगंजको फोहोर

वीरगंज : शहर सफा गर्दै हिँडेका सफाई कर्मचारीलाई प्रहरीले हातपात गरेपछि वीरगंजमा दुई दिनदेखि फोहोर उठ्न सकेको छैन। प्रहरीले लकडाउनको उल्लंघन गरेको भन्दै सफाईकर्मीलाई कुटपिट गरेको थियो।

शुक्रवार बिहान सफाइकर्मीलाई प्रहरीले कुटपिट गर्दा खुट्टा भाचिएपछि विवाद सुल्झाउन पुगेका सफाई इन्चार्जसमेतलाई प्रहरीले हातपात गरेपछि विरोधमा सफाई कर्मचारीले दुई दिनदेखि फोहर उठाएका छैनन्।

फोहर नउठ्दा बिहान बाटो भरि जनावरले फोहरलाई छरे पछि हिंडडुल गर्नसमेत समस्या भएको छ। पावरहाउस चोक देखि मकालु चोक, नगवा, गहवा, श्रीपुर क्षेत्रमा फोहर फैलिएको छ।

यस विषयमा महानगरले पटक–पटक प्रहरीसँग समन्वय गर्दा पनि प्रहरीले सफाईकर्मीमाथि दुर्व्यवहार गर्ने गरेको वीरगंज महानगरपालिकाका सफाई इन्चार्ज सर्फुद्दीन अन्सारीले आरोप लगाए। महानगरले शुक्रवार प्रहरी उपरीक्षक गंगा पन्तसँग छलफल गरेको थियो। छलफलमा नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी नेपाल प्रहरीको रहेको बताएकी थिइन्।

लकडाउनको उल्लङ्घन गर्ने कसैलाई पनि छुट नदिएपछि बताएपछि बैठक निष्कर्षविहीन भएको थियो।

एकातर्फ महानगरका सफाईकर्मीले प्रहरीले माफी नमागेसम्म काममा नफर्कने चेतावनी दिएका छन्। चालू आवदेखि वीरगंज महानगरले ठेक्कामार्फत सफाईको काम गर्दै आएको छ।

लकडाउनको ६७ दिनसम्म प्रहरीले दर्जनौं सफाई व्यक्तिमाथि कुटपिट गरेकोको ठेकेदार प्रतिनिधि शिव गुप्तलो बताए। गुप्ताका अनुसार पहिला सशस्त्र प्रहरीले कुटपिट गर्थे। अहिले नेपाल प्रहरीले पनि दुर्व्यवहार गर्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell