PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाबुराम भट्टराईको प्रस्ताव : तपाई हामी सबैले थर बदलौं, कामी राखौं



पहिलोपोस्ट

बाबुराम भट्टराईको प्रस्ताव : तपाई हामी सबैले थर बदलौं, कामी राखौं

काठमाडौं: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजी विद्यालयलाई सार्वजनिक विद्यालय जिम्मा दिने कुरा हावादारी भएको बताएका छन्। आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएको बताउँदै सरकारको यस्तो योजनाले शिक्षाको गुणस्तर नबढ्ने बताए।

'शिक्षा र स्वास्थ्यको दायित्व राज्यले नै लिन जरुरी छ। गुणस्तरीय शिक्षा सुधार गरौँ। निजी विद्यालयलाई सार्वजनिक विद्यालय जिम्मा दिने कुरा हावादारी हो,’ उनले भने, ‘यस्तो लाजमर्दो कुरा गरेर हुन्छ। यसले शिक्षामा गुणस्तर बढ्दैन। शिक्षा र स्वास्थ्यलाई नाफाभन्दा पनि सेवाको क्षेत्रको रुपमा विकास गरौँ,’ उनले भने ।

भट्टराईले बजेटमाथिको छलफलमा बोल्दै एकपटकलाई फेरि सम्पत्तिको अभिलेखिकरण गर्न पनि सुझाए। उनले सम्पत्ति माथि कर लगानुपर्ने बताए। भट्टराईले आफूले २०६५ सालमा गरेको सम्पतिको स्व:घोषणा गर्न दिन सरकारलाई सुझाव पनि दिएका छन्।

भन्छन्, 'सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं। एकचोटीलाई सबैले सम्पत्ति अभिलेखीकरण गरौं। त्यो गर्‍यो भने राजस्व बढ्छ।’

त्यसैगरी भट्टराईले जातपात प्रथामा सुधार गर्नुपर्ने बताए। उनले दलित भनेर हेप्ने वर्णाश्रम प्रथालाई नफेरेसम्म सामाजिक न्याय नआउने र श्रम गर्ने अवस्था पनि नआउने बताए। उनले दलित भन्ने शब्द प्रयोग नगर्ने प्रस्ताव पनि राखे।

'जो श्रम गर्ने हो सीप भएको हो त्यसलाई दलित भनेर हेपेपछि अनि विकास हुन्छ ? मेरो त एउटा प्रस्ताव छ- तपाईं हामी सबैले दलित नाम राखिदिउँ न। बाबुराम भट्टराई कामी भन्न किन नहुने ? काम गर्ने मान्छेले कामी भनेर किन गर्व नगर्ने। एउटाले विश्वकर्मा लेखौं। कामी लेखौं। त्यसो गरे बराबरी भइन्छ की,’ उनले भने।

क्रान्तिकारी इलाका रुकुममा भएको जातीय हत्या घटना आजको युगमा परिकल्पना समेत गर्न नसिकने घटना भएको बाबुरामको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell