PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

रहेनन् कलाकार जयनन्द चन्द ठकुरी



पहिलोपोस्ट

रहेनन् कलाकार जयनन्द चन्द ठकुरी

कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ। ८० वर्षका उनले आइतवार बिहान ललितपुस्थित आफ्नै निवासमा देह त्याग गरेका हुन्। ८ वर्षदेखि पक्षघात भएको उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो।

चन्दको मृत्युको खबर नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पुष्टि गरे। उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ।

उनले ‘जीवनरेखा’, 'युद्ध', 'भागी भागी नजाउ', 'विश्वास', 'भाग्य रेखा', 'फेरि भेटौंला' लगायत फिल्ममा अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell