PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना पुष्टि, आमाको पनि पोजेटिभ



पहिलोपोस्ट

बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना पुष्टि, आमाको पनि पोजेटिभ

काठमाडौं: बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोनाबाट नेपालबाट मर्नेको संख्या ८ जना पुगेको छ। 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको बताए। उनका अनुसार आमालाई पनि पोजेटिभ देखिएको छ। बुवाको भने रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माका अनुसार बुढीगंगा नगरपालिका १ घर भएकी २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो।

८ दिनअघि उनको परिवार भारतबाट आएको थियो। भारतबाट आएर बुढीगंगा नगरपालिका १ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो। त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको र आइतबार उनको मृत्यु भएको हो।

बालिकासँगै उनका बुवा र र आमालाई पनि आइसोलेसनमा राखिएको थियो। उनी भारतबाट आउँदै गरेको अवस्थामा बाटोबाटै बिरामी थिइन्। बालिकामा श्वासप्रवास सम्बन्धी समस्या देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell