PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संसदमा राजेन्द्र महतोको प्रश्न : जनता भोकै मरिरहेको सरकारको कानसम्म पुग्दैन्?



पहिलोपोस्ट

संसदमा राजेन्द्र महतोको प्रश्न : जनता भोकै मरिरहेको सरकारको कानसम्म पुग्दैन्?

काठमाडौं : जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले कोरोनाबाट विश्व आक्रान्त भएको बेलामा आएको बजेटमा जनताको स्वास्थ्यको रक्षा कसरी गर्ने भन्ने ग्यारेन्टी समेत हुन नसकेको बताएका छन्। उनले आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै संकट बढ्यो भने बजेटले धान्न सक्छ कि सक्दैन भन्नेतर्फ सरकारको दृष्टि पुग्न नसकेको आरोप पनि लगाए।

'अहिले महामारी, लकडाउन भएका बेला तुरुन्तै गर्नुपर्ने दायित्व समेत निर्वाह गर्न सकेको छैन। यस्तो अवस्थामा के तीन घण्टा बजेट सुनाउनु। जनता मर्नु न बाँच्नु भइसक्यो अब के भन्नु?’ उनले प्रश्न गरे।

उनले मानिसहरु भोकै मर्दैन् भनेर भाषण गर्दा मानिसहरु भोकै मरिहरहेका छन् भन्ने जानकारी सरकारको कानसम्म पुग्दैन भन्दै प्रश्न गरे।

'नीति तथा कार्यक्रममा कोही भोकै पर्दैन, भोकै मर्दैन भनेर भन्छ। यहाँ मान्छे मरिहरहेको कागजमा लेखेर भाषण गरिरहेको छ। भोकै खान नपाएर मर्यो नि त। भोकै मरिरहेको छ। सप्तरीको सदा मुसहर भोकै मर्यो नि त राज्यको कानमा पुगेन्। धादिङको सूर्यमान तामाङ भोकै मर्यो त। अलिकति नैतिकता नभएको सरकार भोकै मर्दैन् भनिरहेको छ,’ उनले भने।

बजेट थप निराशातर्फ उन्मुख भएको बताउँदै उनले बजेटको के टिप्पणी गर्नु भन्दै प्रश्न गरे। उनले सारा बजेट केन्द्रमा राखेर संघियतालाई कमजोर बनाएको आरोप पनि लगाए। उनले ८९ प्रतिशत बजेट केन्द्रमा राखिएको भन्दै संघीयता बलियो पार्ने कुरा गरेको बताए।

उनले बजेटको प्रवृत्तिबारे टिप्पणी गर्दै भने, 'सत्ताधारी आफूलाई श्रेष्ठ र विजेता भएको दावी गर्ने। अरुलाई असभ्य र अविकसित भनेर सम्झने। त्यही अनुसार दाताको हिसाबले बजेट वितरण गर्ने। आफू मालिक अरु चाहीँ भिखारी। यहि त प्रवृत्ति हो बजेटको।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell