PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भ्रष्टाचारीको पक्षमा बोल्ने प्रधानमन्त्रीबाट यसको अन्त्य हुन सक्दैन, बजेट भ्रष्टाचारमुखी : सांसद विश्वकर्मा



पहिलोपोस्ट

भ्रष्टाचारीको पक्षमा बोल्ने प्रधानमन्त्रीबाट यसको अन्त्य हुन सक्दैन, बजेट भ्रष्टाचारमुखी : सांसद विश्वकर्मा

काठमाडौं : नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले बजेट नेकपाको आत्मप्रचारको पुलिन्दा भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आगामी वर्षको बजेट २०७६\०७७ को कमजोरी ढाकछोप गर्ने पुलिन्दा भएको बताए।

सरकारलाई कोरोना महामारीले जनतालाई भूलभूलैयामा पार्ने राम्रो अवसर दिएको उनको भनाई छ। बजेटमा झुटो आश्वासन बाँडेको बताउँदै सांसद विश्वकर्माले बजेटले सरकार कमाउन पनि सक्दैन, खर्च गर्न पनि सक्दैन भन्ने प्रमाणित गरेको पनि बताए।

बजेट महत्वाकांक्षी भएको उनको भनाइ छ। विश्वकर्माले बजेटमा कोरोना संक्रमणको सामना गर्ने भिजन नभएको आरोप पनि लगाए। नीति तथा कार्यक्रममा भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा उल्लेख गरेको स्मरण गर्दै उनले भने, 'भ्रष्टाचारीको पक्षमा बोल्ने पिएमबाट भ्रष्टाचारको अन्त्य हुन सक्दैन। यो हामी ठोकुवा गर्न सक्छौं। भ्रष्टाचारको जड प्रधानमन्त्री रोजगारी कार्यक्रमले बजेटमा प्राथमिकता पाएको छ,’ उनले भने।

सांसद विश्वकर्माले प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार गर्नलाई ११ अर्ब ६० करोड छुट्याइएको आरोप पनि लगाए। पैसा बाँडेर रोजगारी सिर्जना नहुने उनको भनाइ छ।

'३ करोड जनताको स्वास्थ्य छुटाएको छ। तर प्रधानमन्त्री रोजागार कार्यक्रममा भ्रष्टाचार गर्नलाई ११ अर्ब ६० करोड छुट्याएको छ। त्यसैले यो बजेट भ्रष्टाचारमुखी बजेट हो। पैसा बाँडेर रोजगारी सिर्जना हुन सक्दैन। रोजगारीका लागि सीप सिर्जना गराउनुपर्छ। स्वाभलम्बी बनाउनुपर्छ,’ उनले भने।

दलितहरुका लागि उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकास समितिबाट दिएको छात्रावृत्ति यो सरकारले रोकिएको बताउँदै उनले दलितहरु यो देशको नागरिक होइनन् भन्ने प्रश्नसमेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell