PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

बुवाको जन्मदिनमा महेश बाबुले गरे नयाँ फिल्म घोषणा



पहिलोपोस्ट

बुवाको जन्मदिनमा महेश बाबुले गरे नयाँ फिल्म घोषणा

तेलेगु स्टार महेश बाबुले आफ्नो नयाँ फिल्म घोषणा गरेका छन्। आइतवार उनका बुवा शिव रामा कृष्ण घट्टामनेनीको ७७ औं जन्मोत्सवको अवसरमा तेलेगु फिल्म 'सरकारु वारी पाट' घोषणा गरेका हुन्।

फिल्मलाई पर्शुरामले निर्देशन गर्ने छन्। यसअघि उनले विजय देवेराकोण्डा अभिनित 'गीथा गोविन्दा' निर्देशन गरेका थिए। एक्सन रोमान्स फिल्म बारे थप जानकारी भने सार्वजनिक भएको छैन।

नयाँ फिल्मको पोस्टरमा उनका बुवाको तस्विर जन्मदिनको शुभकामना लेखिएको छ।

महेश बाबुले यसअघि बक्सअफिस हिट 'सारीलेरु निकेव्वरु'मा काम गरेका थिए।

बुवाको जन्मदिनमा फिल्म घोषणा गर्नु बारे महेशले भनेका छन्,'यसो त मैले वर्षौदेखि गर्दै आएको छु। मेरा लागि यो परम्पराजस्तै भइसक्यो।'

उनले आफू दर्शकका लागि 'हिरो' भए पनि आफ्ना लागि बुवा कृष्ण नै असल हिरो भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell