PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाँच दिनमा कोरोनामुक्त भएर फर्किइन मकवनपुरकी गर्भवती महिला



पहिलोपोस्ट

पाँच दिनमा कोरोनामुक्त भएर फर्किइन मकवनपुरकी गर्भवती महिला

चितवन :मकवनपुर जिल्लाकी एक महिला कोरोना मुक्त भएर फर्किएकी छन्। हेटौंडामा कोरोना भाइरसको संक्रमणसँगै चितवनको कोरोना विशेष अस्पतालमा उपचारका लागि ल्याइएकी २५ वर्षकी गर्भवती महिला कोरोना मुक्त भएर घर फर्किएकी हुन्।

पाँच महिनाको गर्भवती महिलालाई उपचारपछि पाँच दिनमा डिस्चार्ज गरिएको हो। 'सामान्य रुघाखोकी जस्तो त रैछ। आत्मबल बलियो बनाए निको हुन्छ,' डिस्चार्ज भएकी महिलाले भनिन्। उनले आफूलाई कोरोना संक्रमणको आभास पनि नभएको बताइन्।

जेठ ९ गते चितवनबाट हेटौँडा घर गएकी ती महिलामा १० गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। उनमा कोभिड-१९ को पोजेटिभ देखिएपछि भरतपुर अस्पताल ल्याइएको थियो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार र शनिबार पुनः स्वाब परीक्षण गरिएको र नतिजा नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो।

अस्पतालबाट डिस्चार्ज गरिएकी ति महिलालाई १४ दिनसम्म घरमै सेल्फ आइसोलेसनमा बस्न भनिएको आस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिए। भरतपुर अस्पतालबाट यी महिलासँगै तीन जना उपचारपछि कोरोनामुक्त भएका छन्।

यसअघि राप्ती नगरपालिकाका आमा छोराले पनि कोरोना जितेर फर्की सकेका छन्। हाल भरतपुर अस्पतालमा भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना बिशेष अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell