PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएपछि कालीमाटी प्रहरी वृत्तको सिल खुला, एसपी चतुर्वेदीमा पनि देखिएन कोभिड-१९



पहिलोपोस्ट

सबै प्रहरीको रिपोर्ट नेगेटिभ आएपछि कालीमाटी प्रहरी वृत्तको सिल खुला, एसपी चतुर्वेदीमा पनि देखिएन कोभिड-१९

काठमाडौं : महानगरीय प्रहरी वृत्त अन्तर्गत कार्यरत सबै प्रहरीको कोभिड - १९ रिपोर्ट नेगेटिभ आएको छ। वृत्तमा कार्यारत दुई प्रहरीमा जेठ ६ गते कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो। आइतवार सबै प्रहरीको परीक्षण नेगेटिभ आएको हो।

जेठ ७ गतेदेखि सिल गरिएको महानगरीय प्रहरी वृत्त खुला गरिएको छ।

'सबैको रिजल्ट नेगेटिभ आएपछि हामीले सिल खोलेका छौं। अब कार्यालय संचालनमा आइसकेको छ,' महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगुम कुँवरले भने।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाशङ्कर चतुर्वेदीका सुरक्षा गार्ड र चालकलाई समेत कोरोना सङ्क्रमण देखिएको थियो। त्यसपछि एसपी चतुर्वेदीको समेत कोरोना परीक्षण गरिएको थियो। एसपी चतुर्वेदीको पनि रिजल्ट नेगेटिभ आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell