PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रंगभेदविरुद्धको आन्दोलनमा सहभागी कलाकार केन्ड्रिक स्याम्पसनलाई लाग्यो गोली



पहिलोपोस्ट

रंगभेदविरुद्धको आन्दोलनमा सहभागी कलाकार केन्ड्रिक स्याम्पसनलाई लाग्यो गोली

अमेरिकामा जारी रंगभेदविरुद्धको आन्दोलनका क्रममा कलाकार केन्ड्रिक स्याम्पसनलाई रबरको गोली लागेको छ। लस एन्जलसमा जारी प्रदर्शनमा प्रहरीले चलाएको गोलीले उनलाई लागेको हो।

त्यहाँको प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत नागरिकलाई नियन्त्रणमा लिने क्रममा उनको मृत्यु भयो। लगत्तै मिन्नेसोटाबाट रंगभेदविरुद्धको आन्दोलन चर्कियो। जुन आन्दोलन हाल अमेरिकाका ३० भन्दा बढी राज्यमा फैलिएको छ।

दोषी भनिएका प्रहरी कर्मचारीमाथि कारवाही प्रक्रिया अघि बढिसकेको छ। तर, प्रदर्शन भने जारी छ। सोही क्रममा शनिबार केन्ड्रिक स्याम्पसनले इन्स्टाग्राममार्फत् प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका थिए। प्रसारणकै क्रममा उनीमाथि प्रहरीले प्रहार गरेको देखिन्‍छ।

उनले प्रत्यक्ष प्रसारणमा भनेका छन्,'उनीहरुले ममाथि ४ पटक गोली प्रहार गरिसके। मलाई चोट लागिसक्दा पनि उनीहरुले प्रहार गर्न छाडेनन्।'

उनलाई प्रहरीले कुटपिट गरेको भिडियो समेत सार्वजनिक छ।

केन्ड्रिकले 'भ्याम्पायर डायरिज', 'ग्रेसप्वाइन्ट', 'हाउ टु केट अवे विथ मर्डर', 'द फ्ल्यास' र 'इन्सेक्योर' लगायतमा अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell