PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

आइतवार झापामा थपिए ४ जना कोरोना संक्रमित



पहिलोपोस्ट

आइतवार झापामा थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं : आइतवार नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये झापामा चार जनामा कोरोना संक्रमण देखिएको हो।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा चार जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

कोरोना संक्रमित देखिएका चारै जना गौरीगंज गाउँपालिकाका हुन्। झापा जिल्लामा सबैभन्दा धेरै कचनकवच गाउँपालिकामा संक्रमण देखिएको छ। प्रदेश नम्वर १ मा सबैभन्दा धेरै झापामा जिल्लामा संक्रमण देखिएको छ।

१ नम्वर प्रदेशमा १ सय ६५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell