PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश ५ का १० जिल्लामा ५७३ जनामा देखियो संक्रमण, पाल्पामा पनि कोरोना पुष्टि



पहिलोपोस्ट

प्रदेश ५ का १० जिल्लामा ५७३ जनामा देखियो संक्रमण, पाल्पामा पनि कोरोना पुष्टि

काठमाडौं : प्रदेश नम्बर ५ मा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाको पछिल्लो परीक्षणमा पाल्पामा ३ र रुपन्देहीमा २ जनामा संक्रमण पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै प्रदेशमा संक्रमितको संख्या ५७३ पुगेको छ। पाल्पा जिल्लामा संक्रमण पुष्टि भएसँगै प्रदेशका १२ मध्ये १० जिल्लामा संक्रमण पुष्टि भएको हो।

हालसम्म प्रदेशको प्युठान र रोल्पामा संक्रमण देखिएको छैन। त्यस्तै, प्रदेशमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। गुल्मी जिल्लाका एक जनामा संक्रमण पुष्टि भएसँगै मृत्यु भएको थियो भने बाँके नरैनापुरका १ र अर्घाखाँचीका एक जनामा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

हालसम्म सबैभन्दा बढी कपिलवस्तुमा २७० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बाँकेमा १८९, रुपन्देहीमा ५०, दाङमा ३६, बर्दियामा १०, नवलपरासी (बर्दघाट सूस्ता पश्चिम)मा ५, गुल्मीमा ४, अर्घाखाँचीमा ३, रुकुम पूर्वमा ३ र पाल्पामा ३ तीन जनामा संक्रमण पुष्टि भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell