PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन...’ भन्दै माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिए नेतादेखि बालबालिकासम्म

‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन...’ भन्दै माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिए नेतादेखि बालबालिकासम्म

अमित मचामसी/पहिलोपोस्ट


रूकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको जातीय विभेद सम्बन्धी घटनाको चौतर्फि विरोध प्रदर्शन भइरहेको छ। त्यसक्रममा आइतवार माइतीघर मण्डलमा पनि मानिसहरु सो घटनाको विरोध गर्दै प्रदर्शनमा उत्रिए।

प्रदर्शनमा नेतादेखि युवायुवती र बालबालिकाको समेत उपस्थिति थियो। जसमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराई पनि सहभागी थिए।

प्रदर्शनमा लिम्बुवान, किराँत, शेर्पा, मधेस, ताम्सालिङ, नेवाः, शिल्पी, तमुवान, मगरात, खसान, थरुहट राष्ट्रिय समिति तथा संयुक्त राजनीतिक दलित संघर्ष समितिको ब्यानर पनि देखिएको थियो।

सहभागीहरुले ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’, ‘मान्छेमान्छेबीच हुने सबै प्रकारका विभेद अन्त्य गर’, ‘बाँचन पाउने अधिकार सुनिश्चित गर’, ‘सोति घटनाको सत्यतथ्य छानबिन गर’, ‘दोषीलाई कानुनी कारबाही गर’ लेखिएका प्लेकार्ड लिएर उनीहरूले प्रदर्शन गरेका हुन्।

गत जेठ १० गते रुकुमबाट प्रेमविवाहका लागि आफ्नी प्रेमिकाको घर गएका जाजरकोटका नवराज विकसहित पाँच जना युवाको मृत्यु भएको थियो। एक जना अझै बेपत्ता छन्।



ट्रेन्डिङ पोस्ट

Ncell