PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु



पी बी खड्का

बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु

सुर्खेत : बाँकेमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी अगैया भन्ने ठाउँमा ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।

रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गाडी ठोक्किएको थियो। उनका अनुसार १२ जनाको मृत्यु भएको छ। घाइतेलाई भेरी अस्पताल लगिएको छ। 

दुर्घटनामा परेको गाडीमा भारतबाट आएका ३३ जना नेपाली नागरिक सवार थिए। ११ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भयो। 

घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell