PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बलिउड संगीतकार वाजिद खानको कोरोनाबाट निधन



पहिलोपोस्ट

बलिउड संगीतकार वाजिद खानको कोरोनाबाट निधन

बलिउड संगीतकार वाजिद खानको निधन भएको छ। दुई वर्षअघि मृगौला प्रत्यारोपण गरेका ४२ वर्षीय वाजिद विरामी थिए। उनमा कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

परिवारका सदस्यका अनुसार वाजिदको घाटीमा इन्फेक्सन भएको थियो। उनी मुम्बईको चेंबुरस्थित सुराना अस्पतालमा उपचाररत थिए। आइतवार साँझ उनको निधन भएको हो।

वाजिद खानको गीत ‘भाई-भाई’ एक हप्ता पहिले रिलिज भएको थियो। जसमा सलमान खानको अभिनय रहेको छ।

वाजिद आफ्ना भाई साजिद खानसँग मिलेर संगीत बनाउथे। बलिउडमा वाजिद-साजिदको जोडी लोकप्रिय मानिन्छ। वाजिद १९९८ मा सलमान खानको फिल्म 'मैने प्यार किया'बाट चर्चामा आएका थिए।

वाजिदको निधनमा प्रियंका चोपडा, गायक सोनू निगम लगायत कलाकारले शोक व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell