PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

पूर्वी नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण : गण्डकी प्रदेशमा संक्रमितको सङख्या २७



पहिलोपोस्ट

पूर्वी नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण : गण्डकी प्रदेशमा संक्रमितको सङख्या २७

काठमाडौं : पूर्वी नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका दुई पुरुषमा संक्रमण देखिएको हो।

नगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका २२ वर्षीय र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। त्यस्तै बिनय त्रिवेणी गाउँपालिका क्वारेन्टाइनमा रहेका १४ वर्षका एक किशोरमा पनि संक्रमणको पुष्टि भएको छ।

उनीहरुलाई अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell