PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

बलिउड संगीतकर्मी वाजिद खानको निधन, थियो कोरोना संक्रमण



पहिलोपोस्ट

बलिउड संगीतकर्मी वाजिद खानको निधन, थियो कोरोना संक्रमण

बलिउडका चर्चित संगीत निर्देशक एवं गायक वाजिद खानको निधन भएको छ। ४२ वर्षीय संगीतकर्मीको सोमबार बिहान मुम्बईमा निधन भएको हो।

गायक सोनु निगमले इन्स्टाग्राम पोस्ट लेख्दै वाजिदको मृत्यु पुष्टि गरेका छन्। लेखेका छन्,’मेरो भाइ वाजिदले हामीलाई छाडेर गयो।’

हिन्दुस्तान टाइम्सले जनाए अनुसार वाजिदको स्वास्थ्यमा समस्या थियो। उनको दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। पछिल्ला चार दिन यता उनी भेन्टिलेटरमा रहेको जनाइएको छ।

भारतीय पत्रकार फारूदुन शाहार्यारका अनुसार वाजिदमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनले ट्वीटमा लेखेका छन्,’सोनु निगमले दिएको जानकारी अनुसार वाजिदलाई कोभिड-१९ थियो।’

वाजिद आफ्नै दाइ साजिद खानसँग जोडीका रुपमा इन्डस्ट्रीमा सक्रिय थिए। सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’बाट बलिउडमा डेब्यू गरेको यो सांगीतिक जोडीले हेलो ब्रदर, तुम्को ना भूल पाएंगे, गर्व, मुझ्से सादी करोगे, वीर, दबंगका तीन संस्करण लगायत फिल्ममा गीत/ संगीत दिएका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

My Brother Wajid left us.

A post shared by Sonu Nigam (@sonunigamofficial) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell