PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रिलायन्स इन्टरटेनमेन्टका प्रमुख शिवासिष सरकारलाई कोरोना संक्रमण



पहिलोपोस्ट

रिलायन्स इन्टरटेनमेन्टका प्रमुख शिवासिष सरकारलाई कोरोना संक्रमण

भारतीय फिल्म निर्माण एवं गेमिङ कम्पनी रिलायन्स इन्टरटेन्मेन्टका प्रमुख शिवासिष सरकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हाल उनी उपचारका लागि मुम्बईस्थित कोकिलाबेन अम्बानी अस्पतालमा छन्।

शनिबार उनलाई ज्वरो आएपछि कोरोना संक्रमण परीक्षण गराइएको थियो। हिन्दुस्तान टाइम्समा खबर छ

विहीवार मात्रै सरकारले आफ्ना दुई फिल्म ‘सूर्यवंशी’ र ’८३’को प्रदर्शनीमा कोभिड-१९ ले पारेको असर बारे एक वेबीनारमा बोलेका थिए।

बलिउड कलाकार किरण कुमार यसै साता कोरोना भाइरस मुक्त भए। त्यस्तै निर्माता एवं निर्देशक करण जोहरले आफ्ना दुई कर्मचारीमा संक्रमण पुष्टि भएको बताएका थिए। त्यस्तै सोमबार बिहान मात्रै कोभिड-१९ कै कारण बलिउड संगीतकर्मी वाजिद खानको निधन भयो।

कोरोना भाइरस संक्रमण फैलिएसँगै बलिउड प्रभावित छ। फिल्मका छायाँकनदेखि प्रदर्शन स्थगित भएका छन्। महंगा भनिएका सेटहरु भत्कँदै छन्। यस्तोमा आर्थिक एवं भौतिक क्षतिसँगै बलिउडकर्मीमा संक्रमण देखिएको छ। संक्रमितको स्वास्थ्य लाभको कामनासहित कलाकार एवं निर्माता, निर्देशकले सामाजिक सञ्जालमार्फत् सन्देश दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell