PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

डडेल्धुरामा क्वारेन्टाइनमा मृत्यु भएका ७ वर्षीय बालकको कोरोना रिपोर्ट नेगेटिभ



एम बम

डडेल्धुरामा क्वारेन्टाइनमा मृत्यु भएका ७ वर्षीय बालकको कोरोना रिपोर्ट नेगेटिभ

कैलाली : भारतबाट फर्किएर डडेल्धुरामा क्वारेन्टाइनमा मृत्यु भएका ७ वर्षीय बालकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो। मृतक बालकको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनी शनिबनर आमाबुवासँगै भारतबाट फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय बालकको आइतबार बिहान तीन बजेतिर निधन भएको थियो।

बालकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि शव परिवारलाई बुझाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell