PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

आज एन्फा कार्यसमितिको बैठक बस्दै, वार्षिक बजेटदेखि अनुशासनसम्मका एजेन्डा



पहिलोपोस्ट

आज एन्फा कार्यसमितिको बैठक बस्दै, वार्षिक बजेटदेखि अनुशासनसम्मका एजेन्डा
फाइल फोटो :एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको बैठक बस्दैछ। आज बिहान ११ बजेबाट भर्चुअल बैठक सुरु हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

आजको वैठकमा पाँचवटा विषयमा प्रवेश पाउनेछ।  एन्फाको वार्षिक वजेट, कोभिड १९ कोरोना रोगको संक्रमणको राहत सम्वन्धमा, अनुशासन, एन्फा (कंग्रेस) साधारणसभा तथा बैठक सम्बन्धमा र विविध गरी पाँच विषय वैठकको एजेन्डा रहेको राईले बताए।

पछिल्लो समय कोरोना सङ्क्रमणका कारण रोकिएको बी डिभिजन र सुरु नै हुन बाँकी सी डिभिजन के हुने भन्ने विषय चर्चामा छ। राष्ट्रिय खेलकुद परिषदका स्यसचिव रमेशकुमार सिलवालले एन्फाको एक कार्यक्रममा स्वास्थ्य व्यवस्था राम्रो बनाएर बन्द रंगशालामा ती लिग बिस्तारै सुरु गराउन सकिने सम्भावना देखाएसँगै एन्फा कार्यसमितिले यसमा अग्रसरता देखाउन सक्छ।

एन्फा डे यता बढ्दै रहेको ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा निलम्बन प्रकरण पनि वैठकमा प्रवेश पाउने सम्भावना छ। उनलाई एन्फाले अनुशासनको कारवाही गर्दै अध्यक्षबाट निलम्बित गरेको थियो। त्यस्तै कास्की जिल्ला फुटबल संघ अध्यक्ष मिलन गुरुङबारे पनि बैठकमा प्रवेश पाउने सम्भावना छ।

यसबाहेको एन्फाको वार्षिक बजेट बारे छलफल हुनेछ।

त्यस्तै एन्फा कार्यसमितिका शीर्ष सदस्यहरु बीच नै दुरी बढेको चर्चा चलिरहँदा आजको कार्यसमितिको बैठकले विशेष महत्व राख्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell